arrow

नेपालगञ्जमा राष्ट्रिय झन्डा महोत्सव

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
nepal-flag-2.jpg.jpeg
नेपालगन्ज। ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली..’ राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको उपस्थितिमा आज नेपालगन्ज रङ्गशालामा राष्ट्रिय झन्डा महोत्सव आयोजना गरियो । 
 
अन्तराल संस्थाको संयोजन तथा व्यवस्थापनमा आयोजित महोत्सवमा सहभागीले राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय स्वाभिमान र एकताको सन्देश प्रवाह गरेका थिए । महोत्सवमा राष्ट्रिय सेवा दलका ‘क्याडेट’द्वारा राष्ट्रिय झन्डासहित मार्चपास्ट र खुकुरी खेल प्रस्तुत गरिएको थियो । प्रा राजकुमार सुवेदीले राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व र यसको पृष्ठभूमिका बारेका जानकारी गराउनुभएको थियो । 
 
प्रहरी तथा प्रशासनका पदाधिकारी, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, हिन्दू र मुसलमान धर्मगुरु तथा नागरिक समाजका अगुवाको सहभागिता रहेको महोत्सवमा साहित्यकार माइलालाई नागरिकका तर्फबाट अभिनन्दन समेत गरिएको थियो । 
 
त्यस अवसरमा स्थानीय कलाकारले राष्ट्रिय भावना ओतपोत हुने नृत्य, सङ्गित प्रस्तुत गरेका थिए । धर्मगुरु चन्द्रनाथ योगी र जियाउल मुस्तफा, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र बाँकेका प्रजिअ रविलाल पन्थीले राष्ट्रिय झन्डालाई सबै नेपालीले शिरमा राख्न सके मात्र मुलुक र देशवासीको स्वाभिमानको रक्षा हुने धारणा राख्नुभयो । 
 
सरकारीस्तरबाट राष्ट्रिय झन्डा दिवस मनाउन दबाब दिन पनि महोत्सव आयोजना गरिएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताउनुभयो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ