काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले एलजीको आर ३२ रेफ्रिजेरेन्ट भएको एसी बजारमा ल्याएको छ। यो आर ३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्ने भएकाले कम उर्जा खपत भई एयर कन्डिसनलाई अधिक टिकाउ बनाउने सिजीको दावी छ।
यो ग्याँसले कुशलतापूर्वक गर्मी बोक्ने र कम वातावरणीय प्रभाव पार्ने पनि दावी गरिएको छ। आर २२ र आर ४१० जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर ३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता रहेकाले वातावरणीय प्रभावको लागि महत्वपूर्ण रहेको छ।
सिजीका अनुसार यसमा रहेको ब्ल्याकओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ। त्यस्तै डुवल कम्प्रेसर भएको यस एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्ने दावी गरिएको छ।
‘यसले–सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ। एलजीका एयर कन्डिसनर मा १० बर्षको वारेन्टी पनि रहेको छ। साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजार रुपैयाँ सम्मको बचत पनि गर्न सकिन्छ।’, सिजीले भनेको छ।
सिजीले विगत ३० वर्षदेखि शीर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ। सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गरेको पनि जनाएको छ। एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्स प्रालि रहेको छ।