arrow

पूर्वी पाकिस्तानमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
pakistanbusaccident.jpg.jpeg
इस्लामाबाद । पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ ।  पञ्जाब प्रान्तको फैसलाबाद सहरको झाङ्ग सडकमा विपरीत दिशाबाट आएको एक ट्रकसँग ५० भन्दा बढी यात्रु सवार रहेको सो बस ठोक्किएर दुर्घटना भएको समाचार समितिले जानकारी दिएको छ । 
 
सो दुर्घटनाको कारण बस चालकले उच्चगतिमा सवार बस चलाउनु भएको र दुर्घटनामा सो चालकको पनि मृत्यु भएको समाचारमा बताइएको छ ।  सो बस फैसलाबादबाट सदिकाबाद जिल्लातर्फ गईरहेको बताइएको छ । उस घटनामा घाइते भएका सबैलाई उद्धारकर्ताले अस्पताल पुर्‍याएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ