arrow

कपन बगलामुखीमा पुनः अधिकारी

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
kapan-yatayat.JPG.jpeg
काठमाडौं । यातायात व्यवसायी महासंघका अध्यक्ष डोरनाथ खनालले व्यवसायीलाई अप्ठेरोमा पार्ने गरी सरकारले यातायात रुट परमिट दिएको आरोप लगाएका छन् । राजधानीको कपन बगलामुखी यातायात व्यवसायी संघको सातौं साधारण सभामा बोल्दै अध्यक्ष खनालले सरसल्लाह नगरी सरकारले हचुवाको भरमा रुट परमिट दिएको भन्दै यसलाई नसच्याए व्यवसायीहरु आन्दोलनमा उत्रने चेतावनी दिए । 
 
साधारण सभाले कपन बगलामुखी यातायातको नेतृत्व पुनः शम्भुप्रसाद अधिकारीलाई सुम्पेको छ । अध्यक्षका लागिमात्र भएको चुनावमा अधिकारीले प्रत्यासी तीर्थ लामालाई तीन मतले पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । पराजित लामा वरिष्ठ सल्लाहकारमा मनोनयन भएका छन् ।   
 
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सीतारामा थापा, सचिवमा नवकुमार केसी तथा कोषाध्यक्षमा विक्रम नगरकोटी सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा सो यातायातका उत्कृष्ट चालक विजयबहादुर कार्की, सहचालक शिव खड्का र स्वरोजगार नेत्रबहादुर बुढाथोकी पुरस्कृत भए । कपनदेखि रत्नपार्कसम्म चल्ने सो यातायातका हाल ३१ बस संचालनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ