दुई वर्ष बित्दा पनि सेवाग्राहीले पाएनन् स्मार्ट लाइसेन्स
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष १० बिहिबार
516
Shares
धनगढी। यातायात व्यवस्था कार्यालय सेतीले २०७४ साउन १ गतेदेखि वितरण कार्य सुरु गरेको सवारी चालक अनुमतीपत्र स्मार्ट लाइसेन्स वितरण कार्य सुस्त देखिएको छ । कार्यालयले स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको दुई वर्ष विति सक्दा पनि अहिलेसम्म आधाभन्दा बढि सेवाग्राहीले चालक अनुमति पत्र लाइसेन्स पाउन सकेका छैन ।
स्मार्ट लाईसेन्सका लागि टाढाटाढाबाट आउने सेवा ग्राहिलाई भने झनै समस्या भएको छ । लम्की चुवानगरपालिका वडा नम्बर ४ बलीयाबाट स्मार्ट लाईसेन्सका लागी १२ सय खर्च गरेर आएपनि लाईसेन्स नपाएको शकर चौधरीले बताउ । यातायात कार्यलयले दुई महिनापछि आउनु भनेपनि लाईसेन्स पाई आसा नरहेपनि उनले भनेअझै कतिपटकसम्म आउनु पर्ने हो । तर दुई वर्ष विति सक्दा पनि स्मार्ट लाइसेन्स नपाएको लाइसेन्स लिन आउनेहरु बताउछन् ।लाईसेन्स दिनेबेला सुरुमा छ-सातमहिना पछि पाइने भनेपनि अहिलेसम्म लाईसेन्स नपाएको धनगढी ८ का शिवप्रसाद चौधरीले बताए ।समयमै लाईसेन्स नपाउदा सवारी साधन चलाउन समेत समस्या हुने गरेको उनले जानकारी दिए ।
सात महिना पुग्दा पनि अहिलेसम्म स्मार्ट लाइसेन्स नपाएको अर्का लाईसेन्स लिनएका विशाल बिष्टले बताए । दुई पटकसम्म लाईसेन्स लिन आउदा पनि यातायात कार्यलयले भने दुई-तीन महिनमापछि आउने भन्दै लाईसेन्स लिन आएपनि लाईसेन्स नपाएको उनले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय सेतीमा हालसम्म ४१ हजार जतिले आबेदन दिएका छन ।जसमा २० हजार जतिले स्मार्ट लाईसेन्स पाएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । करिव २० हजार स्मार्ट लाईसेन्स आउन बाँकि रहेको यातायात व्यवस्था कार्यालय सेतीका निमित प्रमुख लक्ष्मण शाहले बताए ।
प्रिन्ट मसिनकै अभावले गर्दा लाईसेन्स आउन ढिलाइ भएको उनले बताए । प्रदेश बाटै प्रिन्ट गरेर स्मार्ट लाईसेन्स वितरणका लागि पहल गरिरहेको उनले जानकारी दिए । उनले एक लडमा चार-पाँच हजारको दरले आउने भएकाले ढिलाइ हुने गरेको बताए । यातायात कार्यलय सेतीमा मात्र स्मार्ट लाईसेन्सको समस्या नभएर देश भरिनै यसको समस्या भोगी रहेका छन् । प्रदेश बाटै प्रिन्ट गरेर स्मार्ट लाइसेन्स वितरण गरे सहज हुने थियो ।