राष्ट्र बैंकको नीति अनुरुप सरल दरमा कर्जा प्रवाह गर्न जोड
युबराज रेग्मी,
प्रकाशित २०७६ पुष १० बिहिबार
518
Shares
झापा । झापाको गौरादह नगरप्रमुख रोहित कुमार साहले राष्ट्र बैंकको नीति अनुरुप सरल ब्याजदरमा सरल कर्जा प्रबाह गर्न जोड दिएका छन् । बिहिबार सिद्दार्थ बैंकको शाखाको उद्घाटनमा नगरप्रमुख रोहित कुमार साहले गौरादह एक ग्रामिण नगरपालिका भएकोले यहाँका किसान हरुको जीवन स्तर उकास्न सरल कृषि कर्जा प्रवाह गराउन अनुरोध गरेका छ्न ।
उनले विभिन्न सेवामा लगाइने शुल्कमा सहजता प्रदान गर्दै गौरादहमा रहेका सबै बैंकहरुका एटीएम सेवाहरु एकै स्थानमा स्थापना गरि एटीएम लाउन्जको ब्यबस्था गर्नका निमित्त अघिबड्न सिद्दार्थ बैंक समक्ष अनुरोध गरेका छ्न ।
बैन्किङ सेवाका अलाबा यश ग्रामिण छेत्रमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सामाजिक कार्यमा सहकार्य गर्दै आएको बैंकका गौरादह शाखा प्रबन्धक नुतन गिरिले बताए ।
बैंक परिसरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सिद्धार्थ बैंकका डेपुटी सिइओ सुन्दर प्रसाद कडेल तथा सहायक सिइओ रामेस्वर बस्यालको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अथितीको रुपमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की तथा विशिष्ट अथितीमा गौरादह नगरका नगर प्रमुख रोहित कुमार साह लगायत नगरका अन्य बिरिष्ठ व्यक्तिहरु उपस्थित भएका थिए ।
बि. स. २०७५ बैशाख २९ देखि गौरादह नगरपालिकामा आफ्नो सेवा प्रवाह गर्दै आएको बैंकले सन २००२ देखि राष्ट्रिय रुपमा १७ औं बाणिज्य बैंकको रुपमा देशभर सेवा प्रवाह गर्दै आएको छ ।
हाल आएर देशभर १७६ वटा शाखा बिस्तार गरिसकेको बैंकले देशका १०१ भन्दा बढी स्थानहरुमा शाखारहित बैन्किङसेवा समेत प्रदान गर्दै आएको छ । स्थापनाको छोटो अबधीमै देशका अग्रणी बाणिज्य बैंकहरुको रुपमा चिनिएको यश बैंकले देशभर २०० वटा भन्दा बढि स्थानमा ATM बाट सेवा प्रवाह गर्दै आएको छ ।
यहि पौष ९ गते बाट १७ बर्स पूरा गरि १८औं बर्समा प्रबेस गरेको बैंकको हालको कुल निछेप रु १ खर्ब ३० अर्ब तथा कुल कर्जा प्रवाह रु १खर्ब १७ अर्ब रहेको बैंकका सहायक सिइओ रामेस्वर बस्यालले जानकारी गराएका थिए ।