भाजपाले भन्यो – कांग्रेस नेताले ढुंगा हान्ने योजना बनाए
प्रकाशित २०७६ पुष १३ आइतबार
729
Shares
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का महासचिव मुरलीधर रावले नागरिकता संशोधन कानुन सीएएको विषयलाई लिएर कांग्रेसका नेताहरुले देशभर ढुंगा हान्ने योजना बनाएको आरोप लगाएका छन् ।
उनले शनिबार जम्मूमा भएको एक सेमिनारमा देशभर भएको विरोध प्रदर्शनमा कांग्रेसले ढुंगा हान्ने योजना बनाएको बताएका हुन् ।
रावले भने, ‘महात्मा गान्धीले १९२२ मा चौरी–चौरामा भएको हिंसापछि असहयोग आन्दोलन फिर्ता लिएका थिए । तर कांग्रेसले नागरिकता कानुनको विरोधमा भएको हिंसा र ढुंगाबाजीको एक पटक पनि आलोचना गरेन । उल्टै उसका नेताले हिंसा भड्काउने काम गरे ।’
रावले भने, ‘संसदमा पास भएको बिलमाथि केबल सर्वोच्च अदालतले नै अन्तिम निर्णय दिन सक्छ ।’