काठमाडौं। एलजीले नेपाल अधिराज्यभरी रोड शो सुरु गरेको छ। यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ। यस रोड शोको मूल्य आकर्षण वासिङ्ग मेसिन, टिभी र एसि रहेको कम्पनीले जनाएको छ। भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा, महेन्द्रनगर, नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ।
यस रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ्ग मेसिनको डेमो रहेको छ। जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनिले जनाएको छ। एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ्ग मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्गर्तत सिजी इम्पेक्स प्रालीले जनाएको छ।