काठमाडौं मेरिएट होटलको साथमा नयाँ वर्ष मनाउने अवसर
प्रकाशित २०७६ पुष १५ मंगलबार
603
Shares
काठमाडौं । राजधानीमा रहेको काठमाडौं मरिएट होटलले नयाँ वर्षमा प्रवेश हुनु अगाडि पहिलो पटक न्यू इयर इभ मनाउने भएको छ ।
यो विशेष अवसरमा शहरका नियमित अतिथिहरु अथवा नवआगन्तुक वा पर्यटकहरु सम्पूर्णका लागि होटलमा केही विशेष अफर रहेको होटलले जनाएको छ ।
मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साँझ बल रुममा आयोजना गरिएको छ ।
अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्ने र जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको होटलले जनाएको छ ।
होटलले भनेको छ, ‘अझ आरामदायीक साँझ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट ‘ठमेल किचेन’ मा न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् ।’
होटलले थप जानकारी दिँदै भनेको छ, ‘त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिने छ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिनेछ ।’
होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिँदै अतिथिहरुलाई अग्रिम बुकिङ गर्न आग्रह गरेको छ ।