arrow

साउदीमा रहेका युवाले २७ लाख रुपैया खर्चीएर बनाए ३ किलोमिटर सडक

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख २ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका पाँचथर भारपा ५ का समाजसेवी युवाले लाखौँ रुपैयाँ खर्चेर निर्माण गरेको मोटरबाटोको बुधबार उद्घाटन गरिएको छ । संघीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले मोटरबाटो उद्घाटन गरेका हुन् । लिङ्देनले युवाले समाजको विकासमा गरेको कार्य महत्वपूर्ण रहेको भन्दै युवालाई समाजको विकासमा लाग्न सुझाव दिए ।
 
कार्यक्रमलाई केन्द्रिय उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले  सम्बोधन गर्दै युवाले मोटरबाटो निर्माण गरेर उदाहरणीय काम गरेको बताए । समाजसेवी यवाले मेची राजमार्ग अन्तर्गत भारपा ५ को डोकुलेदेखि मानेडाँडा निमावि सम्मको करिव ३ किलोमिटर मोटरबाटो २७ लाख रुपैयाँ खर्चेर निर्माण गरेका हुन् ।
 
समाजसेवी युवाहरु हाल साउनी अरबमा विभिन्न गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् ।यसअघि गाउँमा मोटरबाटो नहुँदा विरामी डोकोमा वोकेर लैजानुपर्ने तथा गाउँमा उत्पादन भएको अदुवा र कुचो लैजान तथा अन्य सामान ओसार पोसार गर्न सहज भएको समाजसेवी युवाका काइला हजुरबा नगेन्द्र यवाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ