राष्ट्रियसभा सदस्यका लागि खुल्यो निर्वाचन अधिकृतको कार्यालय
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १५ मंगलबार
753
Shares
जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश नम्बर दुईमा मंगलवार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको प्रमुख आतिथ्य र, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्रका प्रमुख राजेश उप्रेती जिल्ला निर्वाचन प्रमुख पुष्पा झा र राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा उपस्थितिमा सो कार्यालयका उद्घाटन गरिएको हो ।
निर्वाचनका लागि जिल्ला अदालतका न्यायधिश राजुकुमार खतिवडालाई निर्वाचन अधिकृत तोकिएका छन भने कार्यालय जिल्ला निर्वाचन कार्यालय धुनषाकै कार्यालयमा राखिने जानकारी दिए।
प्रदेश नम्बर दुईमा प्रदेश सभा सदस्य १ सय ७ र स्थानीय जनप्रतिनिधि प्रमुख तथा उपप्रमुखसहितको २ सय ७२ गरी कूल ३ सय ७९ मतदाता रहेको हो । चुनावी प्रक्रिया अनुसार स्थानीय जनप्रतिनिधिको १८ र प्रदेश सभा सदस्यका ४८ गरी कूल १० हजार ३२ मतभार रहेका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।
निर्वाचनका लागि उम्मेदवारको मनोयन दर्तादेखि अन्य कार्यहरु तोकिएकै कार्यालयमा हुनेछ भने मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति संग्राहालय तोकिएका मा राखीने प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले जानकारी दिए।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन र सो उपर दाबी विरोधका उजुरी दिने, १८ गते दाबी विरोधको उजुरीमा छानबिन गरी अन्तिम नामावली प्रकाशन, गरि २० गते उम्मेदवारको मनोयनपत्र दर्ता र सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने २२ गते उजरीमा छानबिन गरी निर्णय गर्ने र २३ मनोयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै पुस २४ गते उम्मेदवारले आ आफ्नो नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान तथा माघ ९ गते १० बजेदेखि मतदानका कार्यक्रम रहेका बताए ।