एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट
प्रकाशित २०७६ पुष १५ मंगलबार
707
Shares
काठमाडौं। सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुनेछ। यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्रालिले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन्।
यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ। एनसेलका ग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन्।
यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन्। त्यस्तै यहि योजना अन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन्।
ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन्।