arrow

राजाबादीले बैशाख ३० गते नेपाल बन्द गर्ने

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
Rajabadi.jpg.jpeg
काठमाडौं। शाही युवा शक्ति नेपालले छिटोभन्दा छिटो राजतन्त्र पूर्नवहाली गर्नुपर्ने भन्दै आगामी बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ। शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाईकल र्‍याली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणन्त दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत्त सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेको छ।
 
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति (आर.वाई.पी)ले राजा ज्ञानेन्द्रसँग प्रमुख राजनीतिक दल भनाउँदाहरुले तत्कालिन अवस्थामा गरेको सम्झौताहरु कार्यान्वयन नगरेको बरु विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै शीर्ष नेताहरुलाई खबरदारी गर्न नेपाल बन्द लगायतका बृहत्त विरोधका कार्यक्रमहरु अघि सारेको बताएको हो।
 
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले भने,‘‘राजतन्त्र पूर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पूर्नवहाली भैछाड्छ, हामी मिशनमा छौं, यो मिशन पूरा गरेरै छाड्छौं।’’
 
अध्यक्ष खड्काले राजाका नजिकका आसेपासेहरु अवसरवादी भएको कारण मुलुकमा राजतन्त्र पूर्नवहाली हुन ढिला भएपनि आफूहरु जागिसकेकोले अब छिट्टै राजा नारायणहिटीमा आउने दाबी गरे। उनले भने,‘यो देशमा राजा नआएसम्म मुलुक र जनताले चैनको सास फेर्न सक्दैनन्, त्यसैले राजा ज्ञानेन्द्रले मात्रै मुलुक र जनताको भलाई गर्नसक्नुहुन्छ, नेताको काम छैन।’
 
कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेश तामाङ्ले राजतन्त्र पूर्नवहालीको लागि राजावादीहरुले खुलेर सहयोग नगरे भन्दै त्यस्तालाई भौतिक कारवाही गर्ने चेतावनी दिए। उनले भने,‘राजावादीहरु एकजुट भए राजालाई नारायणहिटीमा पूर्नवहाली गराउन धेरै समय कुर्नुपर्दैन, त्यसैले हामी एक हुनुपर्छ।’
 
महासचिव कृष्णराज थापाले गणतन्त्रवादीहरुले मुलुकमा कायापलट हुने भनेर जनतालाई आँखामा छारो हाल्ने काम गरेकोले मुलुकमा समस्या उत्पन्न भएको उल्लेख गर्दै तत्काल राजतन्त्र पूर्नस्थापना गर्नुपर्ने माग गरे। उनले भने,‘राजतन्त्र भएको देशमा शान्ति, समृद्धि र विकास भएको छ, हाम्रो देशमा पनि राजाले मात्रै देश र जनताको हितमा काम गर्नसक्नुहुन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ