तनहुँ । ‘लङ्कामा सुन छ कान मेरो बुच्चै’ भन्ने त उखानै छ । नेपालमा सुन पाइँदैन भन्ने यसले संकेत गर्छ । तर नेपालका नदी किनारमा सुन फल्छ भन्ने यथार्थ धेरैलाई थाहा नहुन सक्छ ।
कतिपय नेपालीहरु त्यही सुनबाट दैनिकी गुजारा गर्दै आइरहेका छन् ।
तनहुँको व्यासनगरपालिका–५ स्थित बैरेनीका स्थानीय सुन चाल्ने सामाग्री लिएर नदी किनार तर्फ जाने गर्छन् । दशैं तिहार लगायतका चाडपर्व मनाउँदा लागेको ऋण तिर्न उनीहरु नदी किनारमा सुन खोज्न जाने गर्दछन् ।