arrow

सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको छ: अध्यक्ष राणा

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
udaya-shamsher-rana.jpg.jpeg
काठमाडा। नेपाल तरुण दलका अध्यक्ष एवम् सभासद उदयशमशेर राणाले वर्तमान सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको आरोप लगाएका छन्। 
 
बिहीबार रिपोर्टर्स क्लब नेपालमा तरुण दलको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले भने,‘‘ बनावटी अभाव सिर्जना गरेर सरकारले कालोबजारीलाई प्रोत्हासन गरिरहेको छ, यसको तत्काल समाधान गर्नुपर्छ।’’ 
 
नाकाबन्दी अन्त्य भएको महिना दिन पुगीसक्दा पनि जनताले आधारभूत आवश्यकत्ता पूर्ति गर्न नसकिरहेको उल्लेख गर्दै अध्यक्ष राणाले ग्याँस लगायत ईन्धन साम्रागीको व्यवस्थापन गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरे । त्यस्तै उनले भूकम्पपीडितलाई समेत राहत तथा उचित व्यवस्थापन गर्न सरकारले ढिलाई गर्न नहुने बताए । 
 
यसअघि पनि उक्त विषयमा ध्यानाकार्षण गराउन आफ्नो नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईसकेको भएपनि सरकारको तर्फबाट कुनै सकारात्मक पहल नचालिएकोले यसपटक पनि समस्याको समाधान गर्न ढिलासुस्ती गरिए तरुण दल बाध्य भएर आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए। उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन्।
 
उनले पार्टी केन्द्रिय कार्यसमितिले दिएको निर्देशन बमोजिम तरुण दलको महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते गर्ने जानकारी दिए। उनका अनुसार तरुण दलको आगामी जेठ १० गते गाउँ, नगर  र वडाको अधिवेश गर्ने, जेठ १२ गते नगर अधिवेशन गर्ने, जेठ २० गते क्षेत्रिय अधिवेशन गर्ने र जेठ २५ गते जिल्ला अधिवेशन हुनेछ।
 
केन्द्रिय महाधिवेशनलाई व्यवस्थित् बनाउन विभिन्न समितिहरु समेत गठन भैसकेको उनले जानकारी दिए। उनका अनुसार राधा घलेको संयोजकत्वमा अर्थ समिति, कृष्णदत्त पनेरुको संयोजकत्वमा व्यवस्थापन समिति, नारायण प्रसाद भट्टराईको संयोजकत्वमा नीति, दृष्टिकोण तथा कार्यक्रम निर्माण समिति, मेदनी प्रसाद सिटौलाको संयोजकत्वमा प्रचारप्रसार समिति, टेकराज पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति र विनोद पन्तको संयोजकत्वमा स्वयम सेवक समिति गठन भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ