arrow

दलहरूको प्रष्तिष्ठा गाँसिएको कर्मचारी युनियनको चुनाव

logo
शुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख २ बिहिबार
singha-durbar1.jpg.jpeg
काठमाडौ। नेपालमा आगामी १० गते विश्व ट्रेड युनियनहरूको संगठनमै नयाँ अभ्यास गर्दै आफ्नो नेपालका निजामति कर्मचारीहरूले आफ्नो आधिकारिक नेतृत्व चयन गर्दै छन्। चैत २८ गते गर्ने भनिएको सो निर्वाचनमा राखिएको थ्रेसहोल्डको विषयमा कुरा नमिले पछि तयारी नपुगेको भन्दै १० गते गर्ने गरी सारिएको थियो। यसमा २० प्रतिशतको थ्रेसहोल्ड राख्दै सो ल्याउन नसक्ने कर्मचारीले फेरि नयाँ संगठन दर्ता गर्नुपर्ने प्रावधान राखेपछि साना कर्मचारी संगठनहरू यसको विरोधमा उत्रिएका थिए। अहिलेसम्म कतै पनि यसरी निजामति कर्मचारीबीच आधिकारिक नेतृत्व चयन गर्ने गरिएको छैन। 
 
अधिकृत तथा अधिकृत तहका कर्मचारीदेखि नायव सुब्बा, खरदार हुँदै पियन तहका कर्मचारीहरूसम्मले मतदान गर्न पाउने सो निर्वाचनबाट चयन हुने आधिकारीक नेतृत्वले अधिकृत तहभन्दा माथिका कर्मचारीको सरूवा तथा बढुवामा समेत प्रत्यक्ष भूमिका रहने भएकोले यो विषयलाई राजनीतिक दलहरूले समेत आफ्नो प्रतिष्ठाको विषय बनाएर परिणाम आफ्नो पक्षमा पार्नको लागि कसरत गरिरहेका छन्। 
 
सो निर्वाचनको लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सामान्य प्रशासन मन्त्री समेत बनिसकेका पूर्ण बहादूर खड्कालाई पार्टीको तर्फबाट सहयोगीको रूपमा खटाएको छ भने नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईलाई सो चुनावमा खटाएको छ।  
 
उता, निर्वाचनको मिति नजिकिनै लाग्दा विभिन्न राजनीतिक दल समर्थित कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरू संगठन परिवर्तन गर्ने होडमा लागेका छन् । नेपाल बार एशोसिएसनको केही समय अगाडि मात्रै सम्पन्न निर्वाचनको मत परिणामको प्रभावले गर्दा अन्य कर्माचारी संगठनबाट नेपाली काँग्रेस समर्थित संगठनमा प्रवेश गर्नेको संख्या बढीरहेको बुझिन आएको छ। सो संगठनको केही समयमा अर्थात् अपरान्ह चार बजे हुन लागिरहेको पत्रकार सम्मेलनमा पनि अन्य संगठनबाट ६० जना भन्दा बढी कर्मचारीहरू नेपाली काँग्रेस समर्थित संगठनमा प्रवेश गर्न लागेको नेपाल निजामति कर्मचारी युनियन (संघ) का महासचिव जीत बहादुर नडैले जानकारी दिए।
 
यसरी निर्वाचनमा होमीएका संगठनहरूमा थ्रेसहोल्डको व्यवस्था गरिएकोले केही संगठनहरूले यो प्रक्रियाप्रति अझै पनि असन्तुष्टि जनाईरहेका छन्। पूर्ण रूपमा संगठनहरूबीच मात्रै हुने यस्तो निर्वाचनमा पाँच पदाधिकारी सहित २१ सदस्यको लागि अहिले चारवटा कर्मचारी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। 
 
यसरी चुनाबी मैदानमा उत्रिएकाहरूमध्ये सबैभन्दा बढी मत ल्याउने संगठनलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेलाई महासचिव, तेस्रो हुनेलाई उपाध्यक्ष र चौथो हुने संगठनलाई सचिव पद दिईने छ। सदस्यहरूको टुङ्गो भने कर्मचारीहरूले प्राप्त गरेको मतको आधारमा विभाजन गरिनेछ। 
 
कूल ५५ हजारको हाराहारीमा मतदान गर्ने कर्मचारी रहेको सो निर्वाचनमा २२ हजार भन्दा बढी मत काँग्रेस निकट कर्मचारी संगठनमा रहेको बुझिन आएको छ। आपसी गठबधनको सम्भावना नरहेको सो निर्वाचनमा धेरै कर्मचारी हुनेलाई कम कर्मचारीहुनेहरू मिलेर पाखा लगाउने सम्भावना देखिँदैन। किन भने थ्रेसहोल्डको न्यूनतम मत पनि नल्याएमा आफ्नो कर्मचारी संगठन नै खारेज हुने सम्भावना बढ्ने भएकोले पनि गठबन्धनको सम्भावना देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ