एनआईसी एशिया र श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता
प्रकाशित २०७६ पुष १७ बिहिबार
528
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बिच एनआईसी एशियाका सम्पुर्ण ग्राहकहरु र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले नेपालभर ३ सय १३ शाखा कार्यालय, ४ सय ८ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टर तथा ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ।