एनआईसी एशिया बैंकको भिषा कार्ड प्रयोगमा १० प्रतिशत क्यासव्याक अफर
प्रकाशित २०७६ पुष १८ शुक्रबार
686
Shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा क्यासब्याक अफर ल्याएको छ। यही ३१ डिसेम्वर देखि २५ फेब्रुवरी २०२० सम्म भिषा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५००. सम्म क्यासव्याक प्रदान गर्ने जनाएको छ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५००. तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ। यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको बताएको छ।