arrow

स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न काँग्रेस नेताको आग्रह

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
congress-flag-11111.jpg.jpeg
पथरी (मोरङ)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेकाछन्।
 
नेपाली काँग्रेस गाउँ कार्यसमिति भौडाहाले नववर्षको उपलक्ष्यमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब चाँडै स्थानीय निकायको निर्वाचन हुने भएकाले मतदाता नामावलीमा नाम नभएका र छुटेकाको नाम अद्यावधिक गर्ने कार्यमा लाग्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे।
 
देश सङ्घीयतामा गइसकेकाले अब गाउँपालिका निर्माणका लागि स्थानीयस्तरबाट जुट्न उनले आग्रह गरे। साथै नागरिकताको विषयमा अझै पनि मधेसका ग्रामीण क्षेत्रमा भ्रम हट्न नसकेकाले घर–घरमा गएर नागरिकताका विषयमा संविधानले व्यवस्था गरेको प्रावधानका विषयमा जानकारी गराउन उनेले आग्रह गरेका हुन।
 
पहिलो ग्रामीण नाट्यघरको उद्घाटन
मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ। सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ। जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको यो हलो पन्ध्र फिट लामो छ। यसको जुवा पनि दश फिटभन्दा लामो बनाइएको छ। यसलाई उचाल्न नौजना मानिस चाहिन्छ।
 
झोराहाट नाट्यघर प्रवेशद्वारमा यसलाई स्थापित गरिएको छ। कालो रङ्गको हलोको अनौ पनि निकै लामो छ। रङ्गकर्मी तथा वरिष्ठ कलाकारले एकसाथ नाट्यघर उद्घाटन गर्नुभएको हो। वरिष्ठ कलाकार हरिहर शर्मा, प्राध्यापक डा अभि सुवेदी, आरोहण गुरुकुलका संस्थापक तथा नाट्यकर्मी सुनिल पोखरेल, अमेरिकी नागरिक बरुस पारडोलले एकसाथ नाट्यशाला, डबली तथा नाट्य केन्द्रको उद्घाटन गरे। २२ लाख रुपैयाँको लागतमा नाट्यशाला निर्माण भएको हो। यसमा १२० जना बसेर हेर्न मिल्ने झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले बताएकाछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ