arrow

कांग्रेस नेतालाई आक्रमण गर्ने वाइसीएल कार्यकर्तालाई चेतावनी (विज्ञप्तीसहित)

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव भीमबहादुर खड्कालाई वाइसीएल कार्यकर्ताले गरेको आक्रमणको निन्दा गर्दै नेपाली कांग्रेसले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । 
 
खड्कालाई बुधबार अपरान्ह कार्यक्रममा बोलिरहेका बेला एमाओवादी निकट भ्रातृ संगठन वाइसीएल कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । खड्का मयूर युवा क्लबले आयोजना गरेको रुघाको सिमुरतुमा क्लबको वार्षिक उत्सव तथा वृहत खेलकुद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला आक्रमण भएको पार्टी मूख्य सचिव ऋषिकेश तिवारीले विहिबार विज्ञप्ती जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
विज्ञप्तीमा शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि वाइसिएलका कार्यकर्ताहरुले ठाडो हस्तक्षेप गरेको उल्लेख छ । ‘उक्त अवाञ्छित र गैर राजनीतिक क्रियाकलापको नेपाली कांग्रेस घोर भत्सना गर्दछ । साथै यस्ता क्रियाकलाप पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस तेतावनी दिन चाहन्छ’–विज्ञप्तीमा भनिएको छ । 
 
विज्ञप्तीको पूर्णपाठ 
वैशाख २, २०७२
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव भीमबहादुर खड्काले हिजो अपरान्ह ४ बजे एक कार्यक्रमलाई सम्बोधन गरी रहेकै बेला वाईसिएलका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएका छन् । मयुर युवा क्लवले आयोजना गरेको रुघाको सिमु्रतुमा क्लबको वार्षिक उत्सव तथा वृहत खेलकूद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई उहाँले सम्बोधन गरिरहेको बेला वाइसिएलका कार्यकर्ताहरु मञ्चमा प्रवेश गरी माइक खोस्नुका साथै लछार पछार पार्दै उहाँलाई आक्रमण गरेका थिए ।
 
शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार माथि वाइसिएलका कार्यकर्ताहरुले ठाडो हस्तक्षेप गरेका छन् । उक्त अवांछित र गैर राजनीतिक क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, यस्ता क्रियाकलाप पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, यस घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्वाहि गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।
 
ऋषिकेश तिवारी
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ