arrow

‘कार्यवाहक राजदूत शर्मालाई छुरा प्रहार गर्ने व्यक्ति एक्लै थिए’(अपडेट)

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
aananda-sharma-churi.jpg.jpeg
काठमाडौं । साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूतावासको कार्यकक्षमै छुरा प्रहार भएको छ । साउदीको रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा छुरा प्रहार भएको बताइएको छ । छुरा प्रहारले गम्भीर घाइते भएका शर्माको किङ्ग फइसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 
 
कार्यवाहक राजदूत शर्माकाे स्वास्थ्यवस्था खतरामुक्त रहेको र छुरा हान्ने नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय देखि दूतावासको सेल्टरमै रहेका नेपालीले नै छुरा प्रहार गरेका बताइएको छ । 
 
छुरा प्रहार गर्ने व्यक्ति एक्लै थिए : प्रवक्ता पोखरेल 
परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा प्रसाद पोखरेलले मन्त्रालयले आक्रमणबारे विज्ञप्ती जारी गरेर जानकारी गराएको बताएका छन् । उनले हाम्राकुरासंग भने, ‘छुरा प्रहार दूतावासकै सेल्टरमा बस्ने नेपालीले नै गरेको जानकारी आएको छ, छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेपनि उनको परिचय खुलेको छैन ।’
 
छुरा प्रहार गर्नुको कारणबारे थप विवरण लिइरहेको बताउँदै प्रवक्ता पोखरेलले भने, ‘छुरा प्रहार गर्ने व्यक्ति एक्लै थिए, उनका साथमा अरु थिएनन् ।’ छुरा प्रहारबाट गम्भीर घाइते भएका शर्माको रियादकै किङ्ग फइसल अस्पतालमा उपचार भइरहेको छ । आकस्मिक कक्षमा उपचार भइरहेपनि अवस्था खतरामुक्त रहेको जानकारी आफुहरुलाई आएको प्रवक्ता पोखरेलले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ