arrow

मैथिली विकास कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २० आइतबार
saha.JPG

जनकपुरधाम । मैथिली भाषा विकास हेतु स्थापना गरिएको मैथिली विकास कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।  कोषको शनिवार सम्पन्न साधारण सभाबाट चौधरीलाई अर्को कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । यसै गरी श्यामसुन्दर शशि पुन : सदस्य सचिवमा चयन भएका छन्। चौधरीलाई तेस्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर दुईका प्रदेश प्रमुख तिलक परियारले मैथिली भाषालाई नै प्रदेशको कामकाजको भाषा राख्नुपर्नेमा जोड दिदैं भाषा विकासमा एक अर्कालाई गाली वा दोषारोपण नगर्न आग्रह गरे ।

जनकपुरधाममा आयोजित मैथिली विकास कोषको वार्षिकोत्सव तथा पुरस्कार समारोह कार्यक्रममा प्रदेश प्रमुख परियारले प्रदेशमा सबैभन्दा बढि बोलिने भाषा मैथिली रहेकाले कामकाजको भाषा मैथिलीलाई  नै राखनुपर्ने बताए ।

प्रदेश प्रमुख परियारले सबैभन्दा पुरानो इतिहास बोकेका मैथिलीका  संस्थागत बिकासका लागि प्रदेशसभा तथा प्रदेश सरकार स्वतन्त्र हुनुपर्ने  बोल्दै  प्रतिपक्षी तथा सत्ता पक्षका प्रदेशसभाका सदस्यहरुले मैथिली भाषा प्रदेशका  कामकाजी भाषा हुनेमा दुईमत नदेखिएका तर्क राखे ।

प्रदेश प्रमुख परियारले संविधान गतिशिल दस्तावेज भएका बोल्दै  तीन वटा विषय बाहेक संविधानका हरेक प्रावधानमा संशोधन गर्ने प्रावधान भएकोले कुनैपनि भाषाको विकासमा संविधान बाधक छ भने त्यसलाई संशोधन गर्न सकिनेछ र त्यसमा आफ्नो तर्फबाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार  रहेका हु।

कार्यक्रममा मैथिली भाषा तथा साहित्यका  क्षेत्रमा बिशेष योगदान दिनु हुने कोषले सलहेश सांस्कृतिक पुरस्कार २०७५ बाट रुपन्देही जिल्ला निवासी तथा मैथिली साहित्य समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी र डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कारबाट जनकपुरधामका प्राध्यापक डा. सुरेन्द्र लाभ  लाभलाई प्रदान गरेको हो । दुवै पुरस्ककृत श्रष्टालाई रु. ५१/५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई प्रदेश प्रमुखले सम्मान समेत गरेका छन् ।

मैथिली बिकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएका  सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्बर दुई का  संसदीय दलका नेता रामसरोज यादव, राजपा नेपाल का प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका उपनेता रामअशिष यादव, नेकपाका रामचन्द्र मण्डल, शत्रुधन महतो, प्रमिला देवी दास,  साहित्यकार रामभरोस कापडी भ्रमर लगायतका वक्ताहरुले मैथिली भाषाका बारेमा आ आफ्ना भनाइ राखे ।

कोषका साधारण सभाबाट कार्यसमिति चयनका लागि साहित्यकार एवम् नाटककार रमेश रञ्जन झा, साहित्यकार रामभरोस कापडि, राजनीतिकर्मी रोशन जनकपुरी, राजनीतिकर्मी रामसरोज यादव तथा मिथिला मधेशका प्रसिद्ध लोक गायक सुनिलकुमार मल्लिक सहितको अध्यक्ष मण्डलको निर्णयबाट चौधरीलाई तेस्रो कार्यकालको जिम्मेवारी तोकिएको हो ।

अध्यक्ष मण्डलले साधारण सदस्यहरुसंगको छलफलपछि नया कार्यसमितिको नाम प्रस्ताव गरेका थिए । जसलाई साधारणसभाले सर्वसमितिले अनुमोदन गरेका छन ।
 
सर्वसमितिबाट भएको नयाँ कार्यसमिति चयनमा नविन कुमार मिश्र, नित्यानन्द मण्डल, सुजित कुमार झा, पूनम झा मैथिली, अनितारानी मण्डल, विष्णुकान्त मिश्र तथा रामचन्द्र दास सदस्य चयन भएका छन् । १३ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु पछि मनोनित गरिने अध्यक्ष चौधरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ