arrow

अब स्कुटरमा पनि पखेटा, परी बन्नेको इच्छा पूरा

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
yamaha-1.jpeg.jpeg
एजेन्सी । विश्वमा प्रविधिले ल्याएको परिवर्तन सँगै स्कूटरको संसार समेत परिवर्तन भएको छ । पहिलेको तुलनामा अहिले बजारमा अत्याधुनिक प्रविधि र  स्टाइलिश लुक भएका स्कूटर आउन थालेका छन् । जसले दुई पाङ्ग्रे सवारीमा रुची राख्ने ग्रहाकलाई बढी  आकर्षण गरेको छ । यसै कुरालाई ध्यानमा राख्दै यामाहा मोटरले  हालै  भियतनाम मोटरसाइकल शो २०१६ मा ०४जिइन कन्‍सेप्टलाई सार्वजनिक गरेको छ ।
 
यामाहा ०४ जिइन  स्कूटरको डिजाइन रन-वे कन्सेप्टमा आधारित रहेको छ । जसकारण उक्त स्कुटर अधिक आकर्षक र डायनमिक रहनेछ । सामान्यत: स्कूटर्सको बडिलाई बाहिरी फ्रेमले छोपिन्छ । तर सो अत्याधुनिक स्कुटरमा कयौ गुणा डिजाइन फरक छ । यसको  फ्रेमलाई सेमी-ट्रान्सपेरेन्ट बाहिरी पार्ट्समा देख्न सकिन्छ ।
 
 
०४ जिइन रिफाइन्ड डायनमिज्म टेकनिकमा आधारित कन्सेप्ट स्कूटर हो । यस स्कूटरको भित्रि र  बाहिरी ढाचाको बनावटलाई लिएर धेरै प्रशंसा  गरिएको छ । कम्पनीले यस रिफाइन्ड डायनमिज्म टेक्नोलोजिलाई सन् २०१३ मा नै अघि सारेको बताइन्छ । कम्पनीले सो स्कूटरको उत्पादनमा तीव्रता दिएको छ ।
 
स्कूटरमा लगाइएको रियर पारदर्शी पखाको एक जोड़ीसँग डिजाइन गरिएको छ ।  जो साच्चै पखेटा जसरी मोडन सकिन्छ । फ्रेमले पखेटालाई मोडे पछि पनि यस स्कुटरको लुक्स आकर्षकै देखिन्छ । महत्वपूर्ण त के छ भने यसको प्रयोगकर्ता बढि जसो महिलाहरु हुने अनुमान गरिएको छ । महिला मैत्री देखिने यो स्कुटर चड्ने युवती साच्चीकै परीजस्तो देखिनेछन् । तर प्रयोगकर्ताले स्कुटरको पखेटाको कलर र लुगाको कलर भने मिलाउनु पर्नेछ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ