मध्यपूर्वमा जारी तनावप्रति प्रधानमन्त्री आबेको ‘गहिरो चिन्ता’
एएफपी,
प्रकाशित २०७६ पुष २१ सोमबार
491
Shares
टोकियो। जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताएका छन्। वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गरेका हुन्। इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ। “मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भने।
उनले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताएका छन्। टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन्। तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गरेका थिए।