arrow

नेपाली काँग्रेसका नेता भोजराज खनालको निधन

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ। तनहुँ निवासी नेपाली काँग्रेसका नेता एवम् समाजसेवी भोजराज खनालको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ।
 
दमको रोगबाट पीडित खनालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीरमा नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए।
 
स्व खनालका श्रीमती, दुई छोरा र तीन छोरी छन्। उनको आजै अन्त्येष्टि गरिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ