arrow

इरानको आणविक भट्टीनजिकै भूकम्प

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
iran-uranium.jpeg

इरान । इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।   देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो ।  

राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएअनुसार भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

बशेर संकट व्यवस्थापन केन्द्रका प्रमुख जहङगीर डेहघानीले ५.१ म्याग्नीच्युडको भूकम्प गएको ठिक दुई हप्तापछि उहाँ ठाउँमा फेरी अर्को भूकम्प गएको जानकारी दिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ