arrow

प्रदेशको पहिलो आधारपत्र सार्वजनीक

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २३ बुधबार
lalbabu1.JPG

जनकपुरधाम। प्रदेश नम्बर दुईको सरकारले पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र २०७६ बुधबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षिय आवधिक योजना सार्वजनिक गर्दै नीति तथा कार्यक्रममा समेटिएको योजनाहरु यसैलाई टेकेर अगाडी बढाउने बताएका छन् ।

आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने मुख्यमन्त्री राउतले बताए ।  प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए । प्रदेश नम्बर दुईको आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो पाँच वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य राखिएको झाले बताए । २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएका हुन् ।

प्रदेशको कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्वबाट ६ सय अर्व पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले बताए । आउँदो पाँच वर्षमा प्रदेशको प्रति व्यक्ती आय एक हजार अमेरिकी डलर पुरयाउने लक्ष्य राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ