arrow

‘काँग्रेस जिम्मेवार प्रतिपक्ष’

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
shekhar-Koirala.jpg.jpeg
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा कोइरालाले हतारमा पार्टी सरकारमा जान नहुने बताए । 
 
मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै कोइरालाले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, कालोबजारी रोक्न नसकेको, संवैधानिक निकायमा राजनीतिकरण हाबी भएको आरोप लगाउँदै कोइरालाले  यसले सरकारलाई अप्ठ्यारामा पार्ने बताए । सत्तामा रहेका तीन ठूला दलसमेत मिल्न नसक्नु नेतृत्वको अक्षमता भएको टिप्पणी थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ