arrow

चितवन पुलचोकमा सूचना तथा प्रबिधि बिधेयकको बिरोधमा प्रदर्शन

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
suchana-prabidhi-bidhyak-bi.gif

चितवन। सूचना तथा प्रबिधि बिधेयक २०७५ को बिरुद्ध सचेत नागरिकहरु सडकमा उत्रन थालेका छन्। यस विधेयकको बिरुद्धमा सर्वत्र आलोचना भइरहेको छ।

संविधानको मर्म विपरित नागरिक अधिकार कुण्ठित हुने गरि विधेयक अघी बढाइएकोमा पनि सरकारको आलोचना भइरहेको छ। सरकार भने आम नागरिक तथा सरोकारवालाहरुको भावना विपरित अघी बढ्न उद्यत छ। 

यसैबीच सूचना तथा प्रबिधि बिधेयक २०७५ को बिरुद्ध चितवनमा प्रदर्शन गरिएको छ। भरतपुर ३ पुल्चोकमा शुक्रवार केही सचेत नागरिकहरू मिलेर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

सूचना प्रविधि विधेयकको खारेजिको माग गर्दै गरिएको प्रदर्शनीमा सुचना प्रविधि ऎन खारेज गर, स्वतन्त्रताको हकको सुनिश्चित गर, गोपनियताको हकको संरक्षण गर भनेर नारा समेत लगाइएको थियो।

कार्यक्रम सयोंजक राम कुमार श्रेष्ठले बोल्न पाउने हकलाई समेत सरकारले खोसेर जहानिय राणा शासन भन्दा पनि चर्को शासन गर्न खोजेको भन्दै सांकेतिक विरोध कार्यक्रम आयोजना गरिएको बताए।

‘हरेक ठाउँमा मिडियाको ठूलो भूमिका छ । गणतन्त्र ल्याउन समेत मिडियाको हात छ तर अहिलेको सूचनाप्रविधि ऎनले मिडिया अनि आम नागरिकको अभिव्यक्तिको मञ्च सामाजिक सञ्जाललाई नै कुन्ठित गर्न खोजिएको छ, त्यसैले यस्ता विधेयकलाई खारेज गर्नुपर्छ। जवसम्म यस्ता विधेयक खारेज हुन्न तब सम्म हामी विरोध गरिरहने छौ।' श्रेष्ठले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ