'इन्गेजमेन्ट' पछि पनि छुट्टिए अश्मित पटेल र मेहक चहल
बिग बोसका प्रतिस्पर्धी अश्मित र मेहकको टुट्यो सम्बन्ध, बढ्दो विवादपछि भए अलग
प्रकाशित २०७६ पुष २७ आइतबार
492
Shares
काठमाडौं । सलमान खानको चर्चित शो बिग बोसका प्रतिस्पर्धी अश्मित पटेल र मेहक चहलको 'इन्गेजमेन्ट' टुटेको छ। दुबैको सम्बन्ध बिग बोसबाट सुरु भएको थियो । दुबै पाँच बर्षदेखि सम्बन्धमा थिए। दुबैको ब्रेक अपको समाचार प्रशंसकहरूका लागि आश्चर्यजनक बनाएको छ। २०१७ मा 'इन्गेजमेन्ट' भएदेखि दुवै सँगै बस्दै आएका थिए।
तर पछिल्लो दुई महिनादेखि उनीहरूको सम्बन्ध मा तीतोपना आएको थियो। दुबै हरेक कुरामा झगडा गर्थे, यस्तो अवस्थामा दुबैले छुट्टिएर बस्ने निर्णय गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१८ मा अश्मित र महेकले विवाहको योजना बनाएका थिए, तर सम्बन्धमा अनुकूलता नभएको कारण दुबैले यो विवाहलाई अगाडि बढाउन नसक्ने निर्णय गरे।
मेहकले अश्मितबाट छुट्टिएको मुम्बई टाइम्सलाई बताएका छन्। उनले भने, 'मैले अश्मितलाई छोडेको छु। मैले यो निर्णय गर्नुपर्यो र म यो सम्बन्धबाट बाहिर आएँ। ' अश्मीतले पनि यस बारेमा भनिन्, 'यो सत्य हो कि हामी अब सँगै छैनौं। म यस विषयमा हाम्रो गोपनीयताका लागि अनुरोध गर्दछु र यसमा थप टिप्पणी गर्न चाहन्न।
अश्मित बिग बोस ४ मा देखिएकी थिइन् ।मेहक चहल बिग बोस ५ को रनरअप भएका थिए। अश्मित पटेलबलिउड अभिनेत्री र रिया सेनलाई अश्लील एमएमएसलाई लिएर बदनाम भएका थिए ।
अर्कोतर्फ, बिग बोसमा देखापरेपछि, मेहक चहलले सलमान खानसँग 'वान्टेड' र ' मे और मिसेस खन्ना' फिल्ममा अभिनय गर्ने अवसर पाएकी थिइन्।
अश्मितले महेकलाई स्पेनी रेस्टुरेन्टमा विवाहको प्रस्ताव राखेका थिए ।अश्मितले मेहकलाई औंठी दिदै विवाहको लागि आग्रह गरेका थिए । अश्मितको प्रस्ताव स्विकार गर्दै मेहकले सम्बन्ध अघि बढाएकी थिइन् ।