arrow

फोटोजर्नालिस्ट क्लबको अध्यक्षमा कार्की

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
pj-club.jpg.jpeg
काठमाडौ ।  नेपालमा रहेका बिभिन्न आमसंचार माध्यममा कार्यरत फोटोपत्रकारहरुको छाता संगठन फोटोजर्नालिस्ट क्लब (पिजे क्लब) नेपालले नयाँ कार्यसमिती चयन गरेको छ  । फोटोपत्रकार क्लब नेपालको सातौं बार्षिक साधारण सभाले सर्बसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।
 
फोटोजर्नालिस्ट क्लबले अन्नपूर्ण दैनिकका डेपुटी फोटो सम्पादक बिकास कार्कीलाई २ बर्ष कार्यकालको लागि  अध्यक्षमा निर्बाचित गरेको हो साथै कार्यसमितीको उपाध्यक्षमा कारोबार दैनिकका फोटोपत्रकार दिपक भट्टराई गाउँले, महासचिबमा अनलाइनखबरका फोटो सम्पादक श्रीधर पौडेल, सचिबमा नागरिक दैनिकका केशब राज थोकर, कोषाध्यक्षमा राजधानी दैनिकका द्धारिका प्रसाद काफ्ले निर्बाचित भएका छन् ।
 
यसैगरि कार्यसमिती सदस्यमा कान्तिपुर पब्लिकेशनमा कार्यरत श्रुती श्रेष्ठ, नागरिक दैनिकका दिपेश श्रेष्ठ, अन्नपूर्ण दैनिककी उमा बिष्ट, नयाँपत्रिका दैनिकका ज्ञानेन्द्र कार्की, रातोपाटी अनलाइनका अशोक दुलाल र लोकान्तर अनलाइनका अशोक महर्जन निर्बाचित भएका छन् ।  फोटोजर्नालिस्ट क्लब नेपाल पत्रकार महासंघ संग आबद्ध एशोसियट सदस्य हो । क्लबले नेपालमै सबैभन्दा ठूलो पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ भने यसलाई काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरुमा पनि प्रदर्शनी गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ