arrow

अग्नि पीडितलाई राहत बाँड्न सिन्धुली पुग्यो नयाँ शक्ति

logo
राजन परियार,
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
सिन्धुली । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका कार्यकर्ताहरु अग्नि पीडितलाई रात बाँड्न सिन्धुली पुगेका छन् । गएको शुक्रबार आगलागीबाट घरवार गुमाएका जिल्लाको भुवनेश्वरी गाविस स्थित दलित बस्तिका अग्नी पीडितहरुलाई नयाँ शक्ति नेपालले राहत सामाग्री वितरण गरेको हो । आगलागीपछि खान र बस्नको समस्या भएको समाचारहरु विभिन्न सञ्चार माध्ययममा आएपछि नयाँ शक्ति नेपालले काठमाडौंबाट ल्याएको राहत समाग्री विहिबार वितरण गरेको छ । 
 
आगलागीले ध्वस्त भएको कालिका प्राथमिक विद्यालयको अस्थायी भवनका लागि ठूलो दुई वटा टेण्ड, ४५ परिवारका लागि सिल्पीङ ब्याग, ४२ बोरा चामल, ४५ किलो दाल, ४५ लिटर खाने तेल, ४५ केजी नुन लगायतका सामाग्रीहरु वितरण गरिएको बताइएको छ । आगलागीबाट ध्वस्त विद्यालय आइतबारबाट सञ्चालनमा आउनु पर्ने भएपनि विद्यालयका केही सामाग्री पनि बाँकी नरहेपछि सो विद्यालयलाई तत्कालका लागि टेण्टबाटै भएपनि कक्षा सञ्चालन गर्न सहज होस् भन्दै दुई ठूला टेण्ट सहयोग गरेको बताइएको छ ।
 
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य गंगानारायण श्रेष्ठको नेतृत्वमा आगलागी पीडित दलित बस्तिमै पुगेको टोलीले खाद्यान्न लगायतको राहत सामाग्री वितरण गरेको नयाँ शक्ति नेपाल सिन्धुलीका संयोजक दिर्घराज श्रेष्ठले बताए । नयाँ शक्तिले सामान्य भएपनि तत्कालका लागि केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न लगायतका समाग्री वितरण गरेको र छिट्टै थप सहयोग गर्ने श्रेष्ठको भनाई छ । 
 
गत शुक्रबार र शनिवार भएको आगलागीबाट भुवनेश्वरी–७ को मुर्की बेसी, –९ को थाङ्ग्रे, रित लगायतका दलित बस्तिका ६५ घर गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट दलित बस्तिनै सखाप हुँदा सुत्केरी, गर्भवती तथा बालबालिकाहरुलाई खान समेत समस्या भएको थियो । नयाँ शक्तिले गरेको सहयोगले आगलागीले खाद्यान्न लगायतका सबै सरसामाग्री जलेर नष्ट भएका परिवारका लागि केही दिन खान र चिसो बारीको पाटोमै बस्न सहयोग भएको स्थानीय पीडितहरुले बताएका छन् । 
 
६ दिन पछि आगो नियन्त्रणमा 
गत शुक्रबारबाट भुवनेश्वरी तथा तिनकन्या, बाशेश्वर, र रतनचुरा गाविसमा फैलिएको भिषण आगलागी ६ दिनपछि नियन्त्रणमा आएको छ । भुवनेश्वरी गाविसको रित, थाङ्ग्रे, मुर्कीबेसी लगायतका बलदेव सार्की, धनबहादुर सार्की, चोकर बहादुर सार्की, रमायाँ सार्की, हेमबहादुर सार्की, भोजबहादुर सार्की, रुकमायाँ सार्की लगायतका पचासबढी परिवारको ६५ बढी घरगोठ खरानी बनाउँदै सल्केको आगो ६ दिनपछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्कीले जनाकारी दिए ।
 
‘आगलागी लगत्तै खटिएका नेपाली सेना, प्रहरी, शसस्त्र, वन लगायतका सुरक्षाकर्मी र स्थानीयको लगातारको प्रयास पछि आगो नियन्त्रणमा आएको छ,’ उनले भने ।आगलागीबाट दलित बस्तिमा साँढे एक करोड बढीको क्षति भएको छ, भने एक हजार ८ सय हेक्टर बढी जंगल डढेको छ ।Displaying aaglagi pidit, photo, sindhuli (9).jpg
Displaying aaglagi pidit, photo, sindhuli (9).jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ