arrow

इलामेली समाज दक्षिण कोरियाको नेतृत्व निरौलालाई

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
ilmeli-samaj-south-korea.jpg

सोल । इलामेली समाज दक्षिण कोरियाको नेतृत्व केदार निरौलाको हातमा गएको छ । प्रवासी मजदुरहरुको हकहित र सामाजिक कार्य गर्ने उद्धेश्यले दक्षिण कोरियामा स्थापना गरेको इलामेली समाजको तेस्रो अधिवेशनले निरौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । 

समाजको वरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे, उपाध्यक्षहरुमा महेश थापा, भवानी घिमिरे, लिला खतिवडा, महासचिवमा बालकुमार राई, सचिवमा उपेन्द्र निरौला, कोषाध्यक्षमा सुदिप फागो, सह–कोषाध्यक्षमा रमा कार्की चयन भएका छन् । 

यसैगरी सदस्यहरुमा राज कुमार गुरुङ, चन्द्र कान्त दुलाल, सुमन राई, अर्जुन श्रेष्ठ, बिशाल जबेगु, भीमविराज शंकर चयन भएका छन् ।

समाजले ‘इलामेलीको पहिचान, पर्यटन प्रर्बद्धन र समाज सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ अधिवेशन भब्य रुपमा सम्पन्न गरेको नेपाल सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हरि खनालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ