सोल । इलामेली समाज दक्षिण कोरियाको नेतृत्व केदार निरौलाको हातमा गएको छ । प्रवासी मजदुरहरुको हकहित र सामाजिक कार्य गर्ने उद्धेश्यले दक्षिण कोरियामा स्थापना गरेको इलामेली समाजको तेस्रो अधिवेशनले निरौलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी सदस्यहरुमा राज कुमार गुरुङ, चन्द्र कान्त दुलाल, सुमन राई, अर्जुन श्रेष्ठ, बिशाल जबेगु, भीमविराज शंकर चयन भएका छन् ।
समाजले ‘इलामेलीको पहिचान, पर्यटन प्रर्बद्धन र समाज सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ अधिवेशन भब्य रुपमा सम्पन्न गरेको नेपाल सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हरि खनालले जानकारी दिए ।