arrow

चीनसामु नाक्चेनाङ्ला खोल्ने प्रस्ताव राख्छु : अध्यक्ष दाहाल

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
prachanda-again.jpg.jpeg
जुम्ला । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणका बेला आफूले नाक्चेनाङ्ला नाका खोल्ने प्रस्ताव अघि सार्ने बताएका छन् । मुलुकको ऐतिहासिक थलो जुम्लाको सिंजाको नराकोट गाविसमा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि नाक्चेनाङ्ला खोल्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए। 
 
“म आज नेपाली भाषाको उद्गमस्थल सिंजामा आइपुगेको छु, यहाँको कला, संस्कृति र खस सभ्यताको संरक्षणका लागि सरकारले कर्णाली पर्यटकीय खस सङ्ग्रहालय स्थापना गर्न पहल गर्नेछ,” दाहालले भने। यो सरकार परिवर्तन नहुने तर काँग्रेसलाई सहभागी बनाएर अगाडि लैजाने दाहालको भनाइ थियो । खडेरीबाट आजित कर्णालीवासीलाई तत्कालै राहतका लागि काम गर्ने प्रतिवद्धता जनाउदै  कर्णाली लोकमार्गको स्तरोन्नतिका निम्ति पनि आफूले एक कदम अघि बढेर काम गर्ने दाहालले वचन दिए । अध्यक्ष दाहाल मुगुदेखि सिंजासम्मको स्थलगत भ्रमणमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ