arrow

हनुमानढोका पुर्‍याइयो सेतो मच्छिन्द्रनाथको रथ

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
machindra.jpg.jpeg
काठमाडौँ । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पुर्‍याइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पुर्‍याइएको हो । स्थानीय जनबहालमा रथ पुर्‍याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए । 
 
रथलाई आज हनुमानढोकामा नै राखिने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए । बज्राचार्यका अनुसार कुनै व्यवधान नपरे तीनदिनमा रथलाई लगनटोल पुर्‍याइने चलन छ । त्यहाँ रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा विधिपूर्वक दर्शन गराइन्छ । रथबाट मूर्तिलाई खटमा राखी पुरानै स्थानमा फर्काइएपछि रथयात्रा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई आरोग्यता र करुणाको प्रतीकका रुपमा लिइने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ