arrow

तेस्रो धारको वैचारिक समूह क्रियाशिल रहेको सन्देश दिदै सिटौला

'पार्टीमा अहिलेसम्म सारथी बन्न योग्य अर्जुन भेटेको छैन'

logo
प्रकाशित २०७६ माघ १ बुधबार
sitaula-programe.gif

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तेस्रो धारको वैचारिक समूह क्रियाशिल रहेको र कियासिल नै रहने संकेत दिएका छन्। 

तेह्रौ महाधिवेशनबाट कांग्रेसभित्र तेस्रो धारका जन्माएका सिटौलाले पार्टी सभापति देउवाविरुद्धको मोर्चाबन्दीमा रामचन्द्र पौडेल पक्षसँगै उभिएको देखिएको देखिएका बेला सिटौलाले पार्टीभित्र कुनै पनि नेताको सारथि नबन्ने घोषणा गरेर तेस्रो धारको वैचारिक समूह क्रियासिल नै रहेको प्रष्ट पारेका हुन् ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले राजधानीमा आयोजना गरेको ‘लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनौती’ विषयक अन्तर्क्रियामा सिटौलाले भने, ‘पार्टीमा अहिलेसम्म अर्जुन जस्तै भूमिका खेल्ने योग्य मान्छे भेटेको छैन, त्यसैले सारथि बन्दिन ।’

आफ्नो वैचारिक समूहका २ केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईंलाई सभापति शेरबहादुर देउवा र दुई केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेललाई असन्तुष्ट नेता रामचन्द्र पौडेलको बैठकमा सहभागी गराएको भन्दै टिप्पणी हुँदै आएका बेला सिटौलाले मंगलवार आफ्ना बारेमा उठेका भ्रम चिर्ने प्रयास समेत गरेका थिए।

शक्ति प्रदर्शन झै देखिने मंगलबारको कार्यक्रममा सिटौलाले सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका हुमागाईं र असन्तुष्ट समूहको बैठकमा सहभागी प्रदीप पौडेललाई मञ्चमा राखेर सिटौलाले आफ्नो तेस्रो धारको क्रियासिल रहेको जनाउ दिए। गगन थापा भने काठमाडौं बाहिर रहेका कारण आउन नसकेको जानकारी दिइएको थियो। कार्यक्रममा उमाकान्त चौधरी भने देखिएनन्।  तर नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरु पार्टीका विभिन्न जिल्लाका सभापति तथा पूर्व सभापतिहरु सांसद तथा पूर्व सांसदहरु लगायतका कांग्रेसभित्र प्रभाव राख्ने विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको भने कार्यक्रममा सहभागिता थियो। 

कार्यक्रममा उनले कांग्रेस नेतृत्वप्रति आफ्नो असन्तुष्टी पनि पोखे। कांग्रेसको ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतको आधारमा गरेका निर्णयलाई लिएर पार्टीभित्र देखिएको विवादको समाधान गर्न नेतृत्वले भूमिका खेल्न नसकेको र कमजोरी देखाएको टिप्पणी सिटौलाको थियो। 

कम्युनिस्ट नेतृत्वको सरकारको भूमिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै सङ्कटमा परेका बेला पार्टी नेतृत्व विधानअनुसार चल्न नसक्दा पार्टीभित्र असामान्य स्थिति आएको पनि उनले बताए । उनले जिल्ला सभापतिसँग सभापति देउवाले प्रत्यक्ष छलफल गरेपछि विवाद मिलाउँछु भनेकाले आफूले विश्वास गरेको बताए।

पार्टीको आन्तरिक विवाद समाधान नगरी सरकारको कमजोरी र संविधानमाथिको प्रहारलाई परास्त गर्न नसक्ने भन्दै सिटौलाले कम्युनिस्ट सरकारको २ वर्ष हेर्दा प्रतिपक्षी दल कांग्रेस मौन बसेर कमजोरी देखाएको आरोप लगाए ।

सिटौलाले भने, ‘मौनता कांग्रेसको कमजोरी हो । कांग्रेसका कार्यकर्ताले लोकतन्त्र ल्याइयो, संविधान जारी भयो भनेर सुतेर बस्ने बेला होइन । गिरिजाप्रसाद कोइरालाको अनुयायी भन्नेले सुतेर बस्ने ?’

सिटौलाले प्रेस बक्तव्य निकालेको भरमा, एउटा ट्विट गरेको भरमा वा फेसबुकमा लेखेको भरमा पार्टीका कार्यकर्तालाई जागरुक बनाउन नसकिने भन्दै नेपालकै इतिहासमा पहिलो पटक प्रतिपक्षी भएर कांग्रेसले गत वर्ष सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गराएको आरोप लगाए । यसमा सभापति देउवाजीको भुमिका ठीक भएन सिटौलाले भने। 

महाभारतमा शक्तिशाली कृष्ण र अर्जुन जस्ता बलवान् र प्रभावशालीको पनि शक्ति क्षीण र प्रभावहीन हुनुपरेको उदाहरण दिए । उनले आफूले कार्यकर्तामा क्षमता देखे पनि कार्यकर्ताले आफ्नो क्षमता नदेखेको बताए ।

कम्युनिस्टको नेतृत्वले देश हाँक्न नसक्ने कुरा २ वर्षले प्रमाणित गरेको जनाउँदै सिटौलाले सरकारले देश र जनताका लागि केही दिन्छ भन्ने आशा गर्न नसकिने ठोकुवा गरे । 

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताको व्यवस्था गरिए पनि २ वर्षमा संवैधानिक अंगलाई सरकारले कमजोर बनाउँदै गएको, सर्वोच्च अदालत र न्यायालय सरकारको अनुकूल हुन थालेको र स्वतन्त्र न्यायपालिकाको अस्तित्वमा प्रश्न उठ्न थालेको आरोप सिटौलाले लगाए ।

‘लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरू सरकारले हस्तक्षेप गर्न थालेको र निष्पक्षतामाथि प्रश्न उठाउन खोजिएको बताउन थालेका छन्’, सिटौलाले भने, ‘अख्तियार पनि सरकारको शक्तिको प्रभावमा पर्न थालेको छ । मनोवैज्ञानिक त्रासदी सिर्जना गरिएको छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेल र शिव प्रसाद हुमागाईले सरकारको गतिविधीमाथि कडा टिप्पणी गर्दै काग्रेस नेतृत्वको कार्यशैलीप्रति पनि प्रश्न उठाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ