arrow

राजेन्द्र महतो पछुताउँदै, उपेन्द्रले गरे बेवास्ता

‘सरकारलाई दुःख दिन खोज्दो उल्टै मधेसलाई दुःख भो’

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
Rajendra-mahato-New.jpg.jpeg
काठमाडौं । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन राजधानीकेन्द्रीत हुने बताएका छन् । यद्यपि, महतोले यसअघि आफुहरुले गरेको नाकाबन्दीले काठमाडौंमा बस्ने सरकारलाई दुःख दिने नाउमा उल्टै मधेसलाई घाटा भएको स्वीकारेका छन् । शुक्रबार पार्टीको २६औं स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित अन्तरक्रियामा महतोले नाकाबन्दीले मधेस नै पीडित भएकाले अब सिंह दरबार घेर्नुको विकल्प नभएको सुनाए ।  
 
सद्भावनाले पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको ८७औं जन्म जयन्ती र पार्टीको २६औं स्थापना दिवसका अवसरमा राजधानीमा विभिन्न दलका नेता, वुद्धिजीवीलाई जमघट गराई ‘विभेदविरुद्धको संघर्षमा सद्भावना एवं जारी आन्दोलन’ विषयक कार्यक्रममा गरेको छ । 
सोही कार्यक्रममा महतोले भने, ‘नाकाबन्दीले सरकारलाई अफ्ठेरो होला भन्ने ठाउँमा उल्टै मधेसमा समस्या निम्तियो । अब त्यसखालको आन्दोलनले केही नहुने र राजधानी केन्द्रीय सरकार घेर्ने संयुक्त आन्दोन गर्छौं ।’ 
 
गजेन्द्रनारायण सिंहको नेतृत्वमा आफ्नो दलले पहिलोपटक संघीयता, समानुपातिक प्रतिनिधित्वको संघर्ष थालेको बताउदै महतोले अझै त्यो आन्दोलनले अब राष्ट्रिय रुप धारण गर्ने बताएका छन् । कार्यक्रममा सद्भावना महासचिव मनिषकुमार सुमन, तमलोपा महामन्त्री गोविन्द चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा, सामाजिक लोकतान्त्रिक पार्टी नेता कुमार राई, नागरिक अगुवा सुन्दरमणि दीक्षित, दमननाथ ढुंगाना, पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, राजनीतिशास्त्री कृष्ण खनाल, सुरेन्द्र महतो, सीके लाल, वीरेन्द्र मिश्र, चन्दा चौधरीलगायत महतोको कार्यक्रममा सहभागि भए । 
 
यसैबीच, कार्यक्रममा मोर्चाका अन्य घटक उपस्थित रहेपनि संघीय समाजवादी फोरमका प्रतिनिधि भने गएनन् । महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक ताका संघीय गठबन्धन बनाउने वा महागठबन्धन बनाउने भन्नेबारे मत मतान्तर रहेको थियो । महतो अतिवाद तिर गरएको समेत संकेत गर्दै आएका यादवले वेवास्ता गरेका छन् । विहिबार मात्रै संघीय समाजवादी फोरमको कार्यालयमा भएको बैठकमा भने सद्भावना महामन्त्री मनीष सुमन उपस्थित भएका थिए । यस्तै, कार्यक्रममा संघीय लोकतान्त्रिक मधेसी मोर्चाको घटक नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा व्यस्तताले उपस्थित भएनन् भने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राज किशोर यादवका कुनै प्रतिनीधि कार्यक्रममा नआएको सद्भावना महामन्त्री मनीष सुमनले बताए ।   
 
कार्यक्रममा नागरिक अगुवा दीक्षितले मधेसमा ९ महिना महिना लामो आन्दोलन र ५ महिना लामो नाकाबन्दी चल्दा समेत शीर्ष राजनीतिक दल वा सत्ताधारी कुनै दलका नेता मधेसमा गएर वार्ता गर्ने प्रयास नगरेको भन्दै असन्तुष्टी जनाए । आज भन्दा तीन दशकअघि खुलेको सद्भावना परिषद्लाई गजेन्द्रनारायण सिंहले २०४७ वैशाख ३ गते राजनीतिक दल बनाएका थिए । सदनमा हाल सद्भावनाको ५ सिट छ । जसमा पार्टी सह–अध्यक्ष लक्ष्मणलाल कर्णसहित नरसिंह चौधरी, माधवी रानी साह, विमल कुमार केडिया र शैल कुमारी देवी सांसद छन् ।  



नयाँ