arrow

भुमिपुत्रहरुको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १ बुधबार
tharu.JPG

सप्तरी । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ९ बसबलपुरमा  आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै  मुख्यमन्त्री राउतले राज्यकै उत्पीडन र विभेदका कारण थारु समुदाय हरेक क्षेत्रमा पछाडी परेको बताए ।

मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समुदाय रहेपनि राज्यले अझै थारु समुदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए । उनले पछाडि पारिएका यी समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मुख्यमन्त्री राउतले  पछाडि पारिएका समुदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सबै जतिय समुदाय लाई जनसंख्याको आधार मा आरक्षणको ब्यबस्था गरेका बताए ।

मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा २०७५ माघ १ गते यता जन्मिएका छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु गरिसकेको हुदा त्यसमा छुटेका छोरी हरुलाई घरमै पुगेर बिमा गर्न भोली माघ २ गते देखी गाउँ गाउँ मा सिबिर सन्चालन हुने भएका त्यसमा सहभागिता जनाई अभियान लाई सफल बनाई दिन आग्रह समेत गरे।

 थारु कल्याणकारिणी सभा सप्तरि क्षेत्र नम्बर ३ क्षेत्रीय समिती का अध्यक्ष सिमृत चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ३ (क) का प्रदेश सभा सदस्य मोहम्मद समिम  राइन, समाजवादी पार्टीका केन्द्रीय सदस्य बिनोद चौधरी, अशोक यादव सहितको बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

दुई दिनसम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ