arrow

नेपाल–नामिवियाका खेलाडी को कस्ता ? ‘कस्लाई कस्को भर ?’

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-&-namibia-new-ODI--2.jpg.jpeg.jpeg

काठमाडौं । नेपालले आज नामिवियासंगको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय खेल आफ्नै घरेलु मैदान कीर्तिपुरमा खेल्दै छ । च्याम्पियनसिपको अर्को एक दिवसीय सोमबार कीर्तिपुरमै हुने छ । नेपाली टोलीलाई घरेलु समर्थक, परिचित मैदान र उर्जाशील खेलाडीको पूरा साथ छ । त्यतिमात्र नभई भरीभराउ दर्शक सामु पहिलो पटक खेल्न लागेको अफ्रिकी टोली नामिवियाले आफुहरुलाई नेपालसंग खेल्न चुनौती हुने बताइ सकेको छ ।

यद्यपि, नेपाललाई सहजै जित निकाल्ने वातावरण नहुन सक्छ । नामिवियाको टोलीमा नेपाली टोलीका खेलाडी भन्दा बढी एक दिवसीय खेलेका अनुभवि खेलाडी छन् । त्यति मात्र नभई नामिवियाको टोलीमा केही भारतीय क्रिकेटरहरुको समेत साथ छ । जस कारण नेपालले संयमित भएर खेल्नु पर्ने आवश्यकता छ ।

नेपाली टोलीलाई चुनौती  
स्टेफन बार्ड (कप्तान)
नामिवियाका कप्तान बार्डले एक दिवसीय खेलमा हाल सम्म ४३ इनिङमा एक हजार ९५ रन बनाएका छन् । उनले २० छक्का र एक सय १६ चौका प्रहार गरेका छन् । २३ वर्षीय बार्डले बलिङतर्फ ११ इनिङमा २ सय ६९ बल खर्चिदा २ सय ११ रन दिँदै ६ विकेट हासिल गरेका छन् । उनी नेपाली टोलीका लागि चुनौती हुन सक्छन् ।
 
पीकि या फ्रान्स (मध्यक्रमका व्याट्म्यान)
मध्य क्रमका व्याट्सम्यान हुन् पिकि या फ्रान्स । २५ वर्षीय उनले एक दिवसीयमा त्यति धेरै रन बनाउन नसकेपनि पछिल्लो समय ब्याटिङ्लाइन सुधार गरेका छन् । उनले अफगानिस्तानविरुद्ध भरखरै खेलेको अन्तर्राष्ट्रिय कन्टिनेन्टल कपमा सबै भन्दा बढी रन बनाए । साे खेलमा उनले नै सर्वाधिक रन बनाए । उनी क्रिजमा टिक्न सिपालु छन् ।
 
जेपी कोत्जे (विकेट किपर)
बाँयाहाते व्याट्सम्यान जेपी कोत्जे विकेट किपर हुन् । उनी व्याटिङमा जादु गर्ने खेलाडी हुन् । एक दिवसीयमा उनले ३३ इनिङमा पाँच सय ९८ रन बनाएका छन् । उनी रन थोरै बनाएपनि छक्का–चौका प्रहारमा दरिला छन् । उनले हाल सम्म ८ छक्का ४२ चौका वर्षाएका छन् ।
 
सरेल बर्गर (अनुभवि)
नेपाली टोलीसंग खेल्ने नामिवियाको टोलीमा सबैभन्दा अनुभवि र पाका खेलाडी हुन् सरेल बर्गर । उनी ३३ वर्षका भए । बलिङमा पनि बर्गर तीब्र गतिका बलर हुन् । एक दिवसीयमा उनले हाल सम्म ९६ इनिङमा दुई हजार २ रन बनाएका छन् । छक्का र चौका भने उनको खातामा छैन । उनले एक दिवसीयमा हाल सम्म ९९ विकेट लिएका छन् । अलराउन्ड प्रदर्शन गर्ने अनुभवि उनी नेपाली टोलीका लागि चुनौतीपूर्ण हुन् ।
 
निकोलस स्कोल्ज (लेग स्पिन)
स्कोल्ज अलराउन्ड प्रदर्शन गर्ने खेलाडी हुन् । भद्दा ज्यानका भएपनि उनी भर पर्दा खेलाडी हुन् । २९ वर्षीय उनी बाँया हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर हुन् । एक दिवसीयमा एक हजार ६ सय ३७ रन बनाएका उनले ३३ छक्का र एक सय १४ चौका वर्षाएका छन् । एक दिवसीयको ४८ इनिङ व्याटिङ गरेका उनले ३२ विकेट लिएका छन् । नेपाली टोलीलाई उनी चुनौती हुन सक्छन् ।
 
जेजे स्मित (अल राउन्डर)

२० वर्षीय स्मित ब्याटिङ दायाँ हातले गर्छन् । तर, बलिङ बाँया हातले । त्यो पनि तीब्र गतिमा । उनी विकेट चट्काउन सिपालु छन् । एक दिवसीय क्रिकेटको हकमा उनले २३ इनिङमा ४ सय ३६ रन बनाउँदा छक्का बढी चौका कम वर्षाएका छन् । उनले २५ छक्का हान्दा २४ चौका प्रहार गरेका छन् । बलिङमा रन धेरै दिएपनि हाल सम्म उनले २७ विकेट चट्काएका छन् । अलराउन्ड प्रर्दशन गर्ने उनी नेपाली टोलीका लागि चुनौतीहुन् ।
 
नेपालका हस्ती

 
पारस खड्का (कप्तान)
 
पारस खड्का नेपाली टोलीलाई उचाइमा लैजाने कुशल कप्तान हुन् । तर, नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनसंग उनी त्यति सन्तोष छैनन् । उनले क्यानकै आन्तरिक लफडा र कमी कमजोरीले क्रिकेट पुग्नु पर्ने उचाईमा नपुगेको गुनासो गर्दै आएका छन् । जे होस खेलमा उनलको लगाब जारी छ । २८ वर्ष पार गरिसकेका खड्काले एक दिवसीयमा १५ इनिङ खेल्दा ४ सय ४६ रन बनाएका छन् । उनले ९ छक्का, ४० चौका बनाएका छन् । बलिङतर्फ हालसम्म उनको खातामा १० विकेट छ ।
 
ज्ञानेन्द्र मल्ल (उपकप्तान)

ज्ञानेन्द्र मल्ल नेपालका लागि भर पर्दा व्याट्सम्यान हुन् । यद्यपि, एक दिवसीयमा हालसम्म उनले छक्का प्रहार गर्न सकेका छैनन् । १६ इनिङमा ४ सय ४१ रन बनाएका उनले ४६ चौका वर्षाएका छन् । एक दिवसीयमा विकेट हात लाउन नसकेका उनले टि–ट्वेन्टीमा समेत विकेट हात लगाउन सकेका छैनन् । लामो समय नेपाली व्याटिङ सम्हालेका शरद भेषावकर समेत यसपटक नेपाली टोलीको भरोषा हुन् ।

 
शक्ति गौचन (बलर)
शक्ति गौचन नेपाली टोलीका पाका खेलाडी हुन् । उनले एक दिवसीयमा ब्याटिङ भन्दा बलिङ राम्रो गरेका छन् । १३ इनिङमा उनले १ सय ३३ रन बनाउँदा २ छक्का र ११ चौका आफ्नो खातामा जम्मा गरेका छन् । बलिङतर्फ भने उनले एक दिवसीयमा १४ विकेट हासिल गरेका छन् । २०१४ को टि–ट्वेन्टी विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेका बाँयाहाते उनले टि–ट्वेन्टीमा भने ३१ विकेट लिएका छन् । जसमा नेपाल अफगानिस्तान र हङकङलाई हराउँदा बंगलादेशसंग पराजित भएको थियो ।
 
सोमपाल कामी (तीब्र गतिका बलर)

२० वर्षका सोमपाल नेपाली टोलीका गहना हुन् । उनले एक दिवसीयमा हाल सम्म १ सय ५ रन मात्रै बनाएपनि आफ्नो खातामा एक छक्का र १० चौका जम्मा गरेका छन् । बलिङ टि–ट्वेन्टी भन्दा एक दिवसीयमै बढी चम्किएको छ  । त्यसैले उनीबाट नामिवियासंगको च्याम्पियनसिपमा निकै आशा गरिएको छ । उनले टि–ट्वेन्टीमा १४ विकेट लिँदा एक दिवसीयमा २५ विकेट लिएका छन् ।
 
सन्दिप लामिछाने (लेग स्पिन)
सन्दिप लामिछाने नेपाली क्रिकेटका उदाउँदा तारा हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नवप्रवेशी लामिछाने सबैभन्दा कान्छा मात्रै होइनन्, उनले १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा ह्याट्रिक गरेर आफ्नो खेल कौशल प्रदर्शन गरिसकेका छन् । गुग्लीको कमाल देखाउने उनी १५ वर्षका मात्र भए । वर्ष २०१६ मा भएको यु–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा लामिछानेले ह्याट्रिक गरेका थिए ।
 
जुन खेल नेपालले एक सय ४७ बल बाँकी छँदै ८ विकेटले जितेको थियो । त्यसैले सन्दिपको आगमनले नेपाली टोलीलाई घरेलु मैदानमा उत्साह मात्र हुने छैन, नेपाली क्रिकेट समर्थकले थुप्रै आशा गरेका छन् । यसपटक, नेपाली टोलीको प्रशिक्षक जगत टमाटा रहेपनि पूर्व प्रशिक्षक पुवुदु दासानायके समेत परामर्शदाताका रुपमा नेपाल आएकाले नेपाली टोलीलाई घरेलु समर्थकको मात्रै साथ रहने छैन । पूर्ण रुपमा नामिवियाविरुद्धको खेल जित्ने हौसला जुटेको छ । नामिवियाको टोली प्रशिक्षक भने अनुभवि दयानन्द ठाकुर छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ