राष्ट्रपतिसंग विवाद थियो त्यसैले प्रधानमन्त्रीबाट राजीनामा दिए : ओलेक्सी गोन्चारुक
एएफपी,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
389
Shares
क्रिभ। युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन्। राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन्।
उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। “हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,” ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन्।
सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाउनु भएको छ। “त्यो अडियो सत्य होईन,” उनले भनेका छन्। उनले सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद समालेका थिए।