arrow

नाट्टामा नेकपा निकटलाई हराएर कांग्रेस निकट अच्युत गुरागाई विजयी

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
natta-achuyt-guragain.gif

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट आफ्ना दुई प्रतिष्पर्धीलाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।

आफ्ना प्रतिस्पर्धी नेकपा निकट भिम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै कांग्रेस निकट गुरागाई अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा  थोपा थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।

चुनावमा पार्टीगत प्रभाव रहेपनि निर्वाचित भएपछि अध्यक्ष गुरागाईले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए । उनले आफूले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए ।

पदाधिकारी र सदस्यहरुमा फरक समूहबाट निर्वाचित भएपनि पर्यटन क्षेत्रको बिकासका लागि आफूले सबै साथीहरुसँग सहकार्य गर्ने पनि उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ