arrow

प्रदेश २ बलीदानी दिवस मनाउँदै, सार्वजनिक बिदा 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ५ आइतबार

जनकपुरधाम । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आइतबार (माघ ५ गते मनाइने ) बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाइरहेको छ ।  

प्रदेश नम्बर २ सरकारले वीरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाएको छ ।
 
शहीद परिवारलाई सम्मान समेत गरिने सो कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश नम्बर दुईका सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । 

 बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरिसकेको छ । 

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको थियो । 

तर प्रदेश सरकारको गठन पश्चात गत वर्षदेखि प्रदेश सरकारले उक्त दिवस मनाउन थालेको हो । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ