arrow

ब्राजिलको राष्ट्रपतिलाई महाअभियोगको तयारी

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
dilma-rousseff-impeachment-brazil.jpg.jpeg
ब्रासिलिया (ब्राजिल) । ब्रजिलको संसदको तल्लोसभाले राष्ट्रपति दिल्मा रुसेफविरुद्ध आइतबार महाअभियोग प्रस्ताव गर्ने वा अन्य विकल्पबाट वर्तमान समस्यालाई सुल्झाउने भन्ने विषयमा राष्ट्रपति समर्थक तथा रुसेफका विरोधमा लागेका सांसदबीच शुक्रबार बहस सुरु भएको छ । 
 
शुक्रबार तल्लोसभाका सांसदहरुबीचको पहिलो बहसदेखि नै वातावरणले तातो रुप लिएको छ । अविश्वासको प्रस्ताव पक्षधर सांसदले राष्ट्रपति रुसेफको प्रशासनले वार्षिक वित्तीय अनुशासन भङ्ग गरेको बताएका छन् । उनीहरुले रुसेफ सरकारले सार्वजनिक समर्थन हासिल गर्न र सस्तो लोकप्रिय कार्यहरुलाई प्रश्रय दिएको बताएका छन् । 
 
तर राष्ट्रपति रुसेफ समर्थकहरु भने वर्तमान सरकारले विगत सरकारले थालनी गरेका योजनालाई निरन्तरता दिँदै अघि बढेको बताउँदै राष्ट्रपतिमाथि प्रस्ताव गरिन लागेको महाभियोग अन्यायपूर्ण एवम् पक्षपातपूर्ण भएको दाबी गरेका छन् । 
 
ब्राजिलको संसदको तल्लोसभामा उपस्थित ५१३ सांसदमध्ये ३४२ जनाले महाभियोगको पक्षमा मतदान गरे महाभियोग प्रस्तावले सिनेटमा छलफलका लागि प्रवेश पाउने छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ