धनुषा। नेपाल सरकारले ल्याउन लागेका मिडिया विद्येयकको विरोध गर्दै नेपाली कांग्रेस धनुषाले सिडियोमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार नेपाली काग्रेस धनुषाका सभापति महेशशंकर गिरीको नेतृत्वमा पूर्व खानेपानी तथा सरसफाईमन्त्रि महेन्द्र यादव, पूर्वमन्त्रि आनन्द ढुङगानालगायतको नेताहरुका विशेष उपस्थितीमा जनकपुर नगरको विभिन्न चोकमा विरोध प्रदर्शन गरेका छन्।
सयौ नेताहरुको उपस्थितीमा मिडिया काउन्सिलको विरोध गरेको नेपाली काग्रेसका नेताहरु जिल्ला प्रशासन धनुषामा पुगेर धर्नामा बसेका थियो।
नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई मिडिया विद्येयकको विरोध गर्दै विद्येयकमा सुधार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो। धनुषाका सिडियो कणेलले ज्ञापन पत्र लिदै आफुले यो पत्र नेपाल सरकारसमक्ष बुझाउने बताए।