arrow

कपिलवस्तु कांग्रेसद्वारा सूचना प्रविधि विधयेक सच्चाउन माग

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
kapilvastu-congress.jpg

कपिलवस्तु। नेपाली काँग्रेस र भातृ संस्था नेपाल तरुण दल कपिलवस्तुले  संसदमा पारित गर्न ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको छ। काँग्रेस कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु  मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउंदै विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हुंदा यसलाई सच्चाएर लैजान सरकारलाई ध्यानकर्षण गराएको छ।

जिल्ला प्रशासक कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी एवं प्रशासकिय अधिकृत मनोज कुमार शैनी  लाई बुझाईएको विरोध पत्रमा यदी सरकारले उक्त विधयेक नसच्याई गएमा संविधानको प्रतिकुल हुने र मौलिक अधिकार खोसिने हुंदा उत्त विधयेक सच्चाएर अगाडी बढनका सरकारलाई आग्रह गरेको छ। कुनै पनि बाहानामा नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकुल ऐन नियम बनाउने सरकारको कदमप्रति काँग्रेसले विरोध जनाएको छ। 

संविधानले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकारको सुनिश्चिता गरेको भएपनि सरकारले नागरिकको मौलिक हक तथा संविधानका प्रावधानका लागि प्रतिकुल नीति नियम बनाउन तल्लीन रहेको सभापति सुरेन्द्र राज आर्चाय द्धारा हस्ताक्षरीत पत्रमा उल्लेख विरोध पत्रमा उल्लेख गरिएको छ।

सरकारले सामाजिक संचालमा जथाभावि लेख्ने कुरालाई रोक्ने वाहाना बनाएको जनताको अधिकार, स्वतन्त्रताको हक खोसन र संकुचित पार्न थालेको काँग्रेसले आरोप लगाएको छ। लोकतान्त्रिक संविधानलाई टेकेर सरकारले आफ्ना क्रियाकलपा र ऐन कानुन निर्माण गर्ने सन्दर्भमा अलोकतान्त्रिक चरित्र प्रर्दशन गरेको विरोध पत्रमा उल्लेख गरिएको छ।

विधेयकमा भएको ५ वर्ष कैद र १५ लाख जरिवाना सरकारले गठन गर्ने सूचना प्रविधि अदालतले तोके बमोजिम हुने प्रावधान संविधानको धारा १५२ र संविधानको मुल मर्म शक्ति पृथकीकरणको बर्खिलाप भएको काँग्रेसको दावी छ।

जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा गरि विरोध पत्र बुझाइएको थियो पार्टीका जिल्ला सदस्य माधव पराजुलीले सञ्चालन गरेको बिरोध कार्यक्रममा केन्द्रिय सदस्य एवं सांसद अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्याया  जिल्ला सभापति सुरेन्द्रराज आर्चाय  पुर्व पार्टी सभापतिहरु राजेश आचार्य, सुधाकर पाण्डेय, नेपाल महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा, अनुप पाण्डेय, वजिह अरसद लगायतले सम्बोधन गरेका थिए।

यसै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुका सभापति खोम बहादुर सिंह ठकुरी नेतृत्वको तरुणहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनीलाई बिधेयकको बिरोधमा ज्ञापनपत्र बुझाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ