काठमाडौं । स्पष्ट बहुमत प्राप्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने भएको छ ।
कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको हो ।
कांग्रेस शीर्ष तहमा यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको बताइएको छ ।
काँग्रेसको संसदमा बहुमत नभए पनि उसले प्रतिपक्षीको भूमिका निभाउन खोजेको हो ।
यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।