arrow

अग्नि भर्सेस पुष्पा 

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
agni-puspa.jpg

काठमाडौं । स्पष्ट बहुमत प्राप्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने भएको छ ।

कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

कांग्रेस शीर्ष तहमा यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको बताइएको छ ।

काँग्रेसको संसदमा बहुमत नभए पनि उसले प्रतिपक्षीको भूमिका निभाउन खोजेको हो । 

यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा जेलमा छन् । 

संसद महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखविहीन रहेको छ । 

महराको राजीनामापछि एकपटक मात्र संसद पुस ४ गते बसेको थियो । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको भूमिका निर्वाह गरेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ