arrow

अस्तित्व संकटमा कर्मचारी मिलन केन्द्र, ५८ कर्मचारी यूनियनमा प्रवेश (नामावलीसहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख ४ शनिबार
singha-durbar1.jpg.jpeg
काठमाडौ। आसन्न निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको संघारमा आएर राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको अस्तित्व संकटमा परेको छ। निजामति  कर्मचारीहरू अन्तर्गत पनि कार्यालय सहयोगीहरू संगठित भएर खुलेको सो संगठनका कर्मचारीहरू अन्य संगठन तर्फ बाँडिन थाले पनि संगठन आफैं संकटमा पर्न थालेको बुझिएको छ । 
 
विश्वमा पहिलो अध्यासको रूपमा नेपालमा निजामति कर्मचारीहरूले गर्न लागेको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि मनोनयन दार्ता गराएको पाँच कर्मचारी संगठनहरू मध्ये सवारी चालकहरूको राष्ट्रसेवक कर्मचारी संगठनले उम्मेदवारी फिर्ता लिएको थियो भने अन्तिम नामावलीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ), नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, कार्यालय सहयोगीहरूको संस्था राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र मधेशबादी दल समर्थित कर्मचारीहरूको संगठन नेपाल मधेशी निजामती कर्मचारी मञ्च अहिले चुनावी मैदानमा उत्रिएका छन् । 
 
आगामी १० गते काठमाडौं लगायत देशभर हुन लागिरहेको निर्वाचनको लागि यी चार संगठनहरूले मनोनयन दर्ता गराएको भएपनि पछिल्लो समय कर्मचारी मिलन केन्द्रका राष्ट्रिय उपाध्यक्ष विनोद केसी सहित विभिन्न जिल्लका जिल्ला अध्यक्ष र सदस्यहरू समेत अत्यधिक कर्मचारीहरू नेपाली काँग्रेस निकट कर्मचारी युनियनमा प्रवेश गर्न लागे पछि केन्द्रको अस्तित्व संकटमा पर्न लागेको हो । 
 
नेपाली काँग्रेस एवं नेकपा एमालेले आफ्नो प्रतिष्ठाको विषय बनाएर अघि बढेको सो निर्वाचनमा दलीय समर्थन कुनैपनि पार्टीको नपाएपछि अहिले उनीहरू आ–आफ्नो आस्था रहेको संगठनमा प्रवेश गर्न थालेका छन् । त्यसमध्ये पनि अधिकांश नेपाली काँग्रस निकट कर्मचारी युनियनमा प्रवेश गरेका छन् । त्यस्तै गरी, काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षहरू सहित अधिकांश कर्मचारीहरू पे्रस विज्ञप्ती निकालेरै युनियनमा प्रवेश गरिसकेका छन् । 
 
राष्ट्रसेवक कर्मचारी क्षतविक्षत
उता, अन्तिम समयमा मनोनयन दर्ता फिर्ता लिएको सवारी चालकहरूको राष्ट्रसेवक कर्मचारी संगठन पनि चुनाव नजिकिँदै जाँदा क्षत विक्षत बन्न थालेको छ । पहिले निर्वाचनको लागि मनोनयन दर्ता गराएको भएपनि पछि फिर्ता लिएपछि सो संगठनका कर्मचारीहरू पनि युनियन तथा संगठन तर्फ प्रवेश गर्ने होडमा रहेका छन् । संगठनका अध्यक्ष कर्ण गुरूङ सहितकाकेही कर्मचारीहरू एमाले निकट कर्मचारी संगठनमा प्रवेश गरेपछि कर्मचारी संगठन सिङ्गो संगठननै आफ्नो संगठनमा प्रवेश गरेको दाबी गरेपनि महासचिव सहितका अधिकांश सदस्यहरू आईतबार काँग्रेस निकट कर्मचारी संगठनमा प्रवेश गर्ने तयारीमा रहेका छन् । यसरी सबै कर्मचारीहरू यताउता गएपछि संगठन क्षतविक्षत बनेको हो । 
 
धेरै कर्मचारीहरू यत्रतत्र गएपनि कर्मचारी मिलन केन्द्रसहित चार कर्मचारी संगठनले कर्मचारीको निर्वाचनमा उम्मेदवारी दिएका छन् । चैत २८ गते गर्ने भनिएको सो निर्वाचनमा राखिएको थ्रेसहोल्डको विषयमा कुरा नमिले पछि तयारी नपुगेको भन्दै १० गते गर्ने गरी सारिएको थियो । यसमा २० प्रतिशतको थ्रेसहोल्ड राख्दै सो ल्याउन नसक्ने कर्मचारीले फेरि नयाँ संगठन दर्ता गर्नुपर्ने प्रावधान राखेपछि साना कर्मचारी संगठनहरू यसको विरोधमा उत्रिएका थिए । 
 
सो निर्वाचनको लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सामान्य प्रशासन मन्त्री समेत बनिसकेका पूर्ण बहादूर खड्कालाई पार्टीको तर्फबाट सहयोगीको रूपमा खटाएको छ भने नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईलाई सो चुनावमा खटाएको छ ।   
 
यसरी चुनाबी मैदानमा उत्रिएकाहरूमध्ये सबैभन्दा बढी मत ल्याउने संगठनलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेलाई महासचिव, तेस्रो हुनेलाई उपाध्यक्ष र चौथो हुने संगठनलाई सचिव पद दिईने छ। सदस्यहरूको टुङ्गो भने कर्मचारीहरूले प्राप्त गरेको मतको आधारमा विभाजन गरिनेछ । 
 
कूल ५५ हजारको हाराहारीमा मतदान गर्ने कर्मचारी रहेको सो निर्वाचनको आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै छ । आपसी गठबधनको सम्भावना नरहेको सो निर्वाचनमा धेरै कर्मचारी हुनेलाई कम कर्मचारीहुनेहरू मिलेर पाखा लगाउने सम्भावना देखिँदैन ।
 
 
 



नयाँ