arrow

प्रदेश पाँचमा नेकपाद्वारा 'क्लिन स्विप'

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
bijayi-pradesh1.jpg

दाङ । प्रदेश पाँचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले 'क्लिन स्विप' गरेको छ ।   प्रदेश नम्बर पाँचको राष्ट्रियसभा निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्।

 अपाङ्गतातर्फ नेकपाका उम्मेदवार जगप्रसाद शर्मा, महिलातर्फ विमला घिमिरे र खुल्लाबाट गोपाल भट्टराई निर्वाचित भएका हुन्। अपाङ्गतातर्फ नेकपाका उम्मेदवार  जगप्रसाद शर्माले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका मेहराज अहमत हलवाइले १ हजार ९ सय ८६ मत  प्राप्त गरेका थिए।

महिलातर्फ विमला घिमिरेले ५ हजार सात सय ७८ मत पाइन् भने  नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी गिरिजादेवी न्यौपानेले २ हजार १ सय प्राप्त गरिन् । त्यस्तै खुल्लातर्फ गोपाल भट्टराइले ५ हजार ३८२ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२ ल्याए ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन भएको हो ।

राष्ट्रियसभा निर्वाचनमा  ३ पदको लागि ४ दलले मनोनयन दर्ता गराएका थिए। निर्वाचनमा ९ जनाको उम्मेदवारी थिइो।  तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि ९ जनाको उमेद्वारी दर्ता भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगतप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले उमेद्वारी दिए जो विजयी भएका छन्  ।

नेपाली कांग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाई मैदानमा थिए । त्यसैगरी, समाजवाादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादव ।  राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेल थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ