arrow

आप्रवासीको भावनालाई सम्मान गर्नुपर्छ : पोप फ्रान्सिस

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
PopeFrancisLiberal.jpg.CROP.article568-large.jpg.jpeg
लेसबस (ग्रीस)। क्रिश्चियन धर्मगुरु फ्रान्सिस पोप शनिबार ग्रीसको लेसबसमा पुगी विभिन्न मध्यपूर्वी मुलुकबाट यहाँ आई शरण लिई बसोबास गर्दै आएका आप्रवासीलाई भेटेका छन् । लेसबसस्थित शरणार्थी शिविरमा बसोबास गर्दै आएका सयौँ आप्रवासी शरणार्थीलाई भेट गरेपछि प्रतिक्रिया दिँदै पोपले आप्रवासी शरणार्थी सङ्ख्या मात्र नभई फरकफरक कथा बोकेका मानिस भएकाले उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ भने । 
 
उक्त अवसरमा धर्मगुरु फ्रान्सिसले शरणार्थीका रुपमा युरोप छिर्ने क्रममा विभिन्न दुर्घटनामा परी मृत्यु हुने सयौँ आप्रवासीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पोपले शरणार्थीको आवरणमा हतियारको कारोबार गरिएको भन्ने सवालमा शरणार्थीका रुपमा हतियारको कारोबार गरेमा वास्तविक पीडितले थप सङ्कट झेल्नुपर्छ भन्दै सिमानामा हतियार कारोबारलाई नियन्त्रण गर्न होशियारीका साथ काम गर्नुपर्ने बताए । तर सीमामा कडाई गरिँदा वास्तविक शरणार्थीलाई भने असर पर्न नहुने पोपको जिकिर थियो । एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ